ट्रेण्डिङ

होमपेज / राजनीति

रवीन्द्र मिश्र र पूर्वराजा ज्ञानेन्द्र शाहबिच भेट

नेपालगाथा २०७९ पौष २१ गते बिहीबार १५:१५:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् । ‘१५ वर्षपछिको प्रेमपूर्ण भेट’ भनेका मिश्रले डेढ घण्टा लामो भेट गरेको उल्लेख गरेका छन्। उनले यसअघि सन् २००७ मा पत्रकार हुँदा नै ज्ञानेन्द्र शाहसँग भेट भएको पनि उल्लेख गरेका छन् । 

भेटपछि मिश्रले फेसबुकमा लेखेको स्टाटसमा ज्ञानेन्द्रको गद्दीच्युतलाई उनले षडयन्त्र भनेका छन्। ‘संसद् पुनर्स्थापनामार्फत् आफ्नो गल्ती सच्याइसकेका राजालाई यसरी षडयन्त्र गरेर, विदेशीको प्रभावमा परेर, ढाँटेर/छलेर गद्दीच्युत गरिएको थियो। त्यसपछि दर्जनौ स्वदेशी र विदेशी राजा जन्मिए। पृथ्वीनारायण शाहलाई सरापेर मार्क्स र माओलाई माला लाउन थाले,’ मिश्रको टिप्पणी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top