होमपेज / राजनीति
काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २५ गते राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। लुम्बिनीबाट निर्वाचित खिमलाल भट्टराईले चुनाव लड्न राजीनामा दिएपछि राष्ट्रिय सभामा एक सीट रिक्त छ । मन्त्रिपरिषद्को निर्णयको औपचारिक निर्णय भने शुक्रबार सरकारका प्रवक्ता विष्णु पौडेलले सार्वजनिक गर्ने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।