ट्रेण्डिङ

होमपेज / राजनीति

माधव नेपालले भने:प्रचण्डको अनुहार हेरेरमात्र हुन्न, समर्थन गर्न पहिले काम हेर्छौं

नेपालगाथा २०७९ पौष २० गते बुधबार १४:४७:३९ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषय २६ पुसभित्र निर्णय गर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूलाई बधाई दिन आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुहार हेरेर मात्र समर्थन गरेर नहुने टिप्पणी गरे ।  उनले भने, ‘सरकारको कस्तो नीति र कार्यकम ल्याउँछ भन्ने हेर्नै पाएको छैन। मान्छेको अनुहार हेरेर गर्ने भए त प्रचण्डजीको अनुहार हेरेर समर्थन गरिसक्थ्यौँ । अनुहार हेरेरमात्रै समर्थन गरेर हुने भए गर्दिएँ । अनुहारले मात्रै हुँदैन । कहिलेकाहिँ के-के गर्छन् भन्ने थाहा हुँदैन ।’

उनले आफूहरू राजनीतिमा भए पनि सरकार गठनका लागि कसैले कुरा नै नगरेको बताए । “हामीले अघि सरेर बोल्न के हतार ? हामीलाई के बित्दो छ र ? २६ गते विश्वासको मत पाउने कुरा हो । २६ गतेसम्ममा हामीले निर्णय गरे पुगेन ?,” उनले भने, “सस्पेन्समै रहोस् । दुनियाँहरू कुदिरहून् । त्यसैले हतार नगरेको हो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

Top