ट्रेण्डिङ

होमपेज / राजनीति

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि यही पुस २७ गतेभित्र दाबी पेस गर्न आह्वान

नेपालगाथा २०७९ पौष २० गते बुधबार १४:११:३१ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि यही पुस २७ गतेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ ।

मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्न दलहरूलाई प्रदेश प्रमुखले समय दिएका हुन्। कुनै एक दलको मात्र प्रदेश सभामा बहुमत नदेखिएकोले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न समय दिइएको हो। ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक र एक स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top