ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचन आयोगविरुद्ध मेयर बालेनले दायर गरे सर्वोच्चमा रिट

नेपालगाथा २०७९ पौष १९ गते मंगलबार १४:३८:०८ मा प्रकाशित

काठमाडौं । निर्वाचन खर्चको विवरण समयमै नबुझाउने स्थानीय तहका जनप्रतिनिधिबाट लाखौं रूपैया जरिबाना असुल्ने निर्वाचन आयोगको निर्णयविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सर्वोच्च अदालत पुगेका छन् ।

निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । आयोगको सो निर्णयविरुद्ध बालेनले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । मंगलबार उनका तर्फबाट पेस गरिएको रिटमा आयोगको निर्देशनबमोजिम ३० दिनभित्र विवरण बुझाउनुपर्ने भए पनि ३०औँ दिन सार्वजनिक बिदा भएको कारण बुझाउन नसकेको उल्लेख छ । ३१औँ दिन असार १२ गते विवरण बुझाएको रिटमा लेखिएको छ ।

साहले सर्वोच्च अदालतको संवैधानिक इजलासबाट आयोगको सो निर्णय बदर गर्न माग गरेका छन् । शाहले खर्च विवरण कानुनबमोजिम नै बुझाएको बताएका छन् । “मैले खर्च विवरण कानुनद्वारा तोकिएको अवधिभित्रै पेस गरिसकेको तथ्यलाई आयोगले भने अनदेखा गरेको छ,” रिटमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top