ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा माअ‍ेवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा चयन

नेपालगाथा २०७९ पौष १८ गते सोमबार १४:०५:३३ मा प्रकाशित

बुटवल । नेकपा माअ‍ेवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन् ।

सोमबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको बैठकले महरालाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालगायतको रोहबरमा महरालाई सर्वसम्मत नेता बनाइएको हो ।

संसदीय दलको उपनेता र सचेतक पछि चयन गर्ने प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top