होमपेज / राजनीति
काठमाडौं । ४ मंसिरको चुनावअघि एमाले छाडेका नेता प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटी ५१ सदस्यीय बनाइएको छ । सातै प्रदेश इन्चार्ज र अध्यक्ष चयन गरिएको साहको सचिवालयले जानकारी दिएको छ ।जस अनुसार प्रदेश १ अध्यक्षमा हरिप्रसाद पोखरेल र इन्चार्जमा रामप्रित पासवान, मधेशको अध्यक्षमा श्रीचन मुखिया र इन्चार्जमा उपेन्द्र साह, बागमतीको अध्यक्षमा नाम्गेल मोक्तान र इन्चार्जमा बद्री न्यौपाने रहेका छन् ।
साह मंसिर ४ मा भएको प्रतिनिधिसभा/प्रदेशसभा चुनावमा उनी एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएर रौतहट- ३ बाट निर्वाचित भएका हुन् ।