होमपेज / राजनीति
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन्।
बुधबार लामिछाने अनुगमनका लागि विभाग पुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पदभार सम्हालेसँगै राहदानी विभागमा लामो लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने घोषणा गरेका थिए । मन्त्री लामिछाने बुधबार अनुगमनका लागि विभागको कार्यलय त्रिपुरेश्वर पुगेको उनको सचिवालयले जनाएको छ।