होमपेज / राजनीति
काठमाडौं । कर्णालीमा एमालेको संसदीय दलको नेतामा यामलाल कँडेल र माओवादी केन्द्रको संसदीय दलको नेता राजकुमार शर्मा चयन भएका छन्।
मंगलबार बसेको माओवादी प्रदेश कमिटी बैठकले शर्मालाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।दावी गर्नेमा कालिकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसी रहेका थिए । अन्तिममा तीनै जना ब्याक हुँदा शर्मा सर्वसम्मत रूपमा दलको नेतामा चयन भएका हुन् । शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
संसदीय देलको नेताका लागि चार जनाले दावी गर्दै अएका थिए ।एमालेमा विनोदकुमार शाहले संसदीय दलको नेता हुने आंकाक्षा राखे पनि अन्तिममा कँडेल सर्वसम्मत चयन भएका हुन्।