होमपेज / राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट सरेका छन् ।
गत पुस १० गते प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएपछि देउवाले बुधबार बालुवाटार छोडेका हुन् ।बुढानीलकण्ठस्थित देउवा निवासमा मर्मत भइरहेकाले उनको परिवार केही दिन धुम्बाराहीस्थित होटेलमा बस्ने जनाइएको छ ।