होमपेज / राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन भएका छन् ।
बुधबार सर्वसम्मत रूपमा उनलाई प्रतिनिधिसभाको संसदीय दलको नेता चयन गरिएको सो पार्टीका प्रवक्ता मनीष सुमनले जानकारी दिए ।रामसहाय पार्टी अध्यक्ष उपेन्द्र यादवनिकट मानिन्छन् । जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले दाबी गर्दै आए पनि अध्यक्ष यादवनिकट रामसहायले बाजी मारेका हुन् ।