होमपेज / राजनीति
काठमाडौं । गठबन्धनमा भएको सहमतिअनुसार संसद्को दोस्रो ठूलो दल नेकपा एमालेले सभामुख पाउनेछ ।
प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने हुन्छ । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ ।प्रतिनिधिसभाको सभामुख को बन्ने भन्ने चर्चा पनि सुरु हुन थालेको छ । सभामुखका विषयमा एमालेमा औपचारिक छलफल भने सुरु भइसकेको छ ।
सभामुख निर्वाचित नहुन्जेल प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन् ।