होमपेज / राजनीति
काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले धुम्वाराहीमा भाडामा घर पाएका छन् । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी धुम्बाराहीस्थित भाडाको घरमा सर्न लागेका हुन् ।
बूढानीलकण्ठमा रहेको आफ्नो घरमा मर्मतको काम चलिरहेकाले प्रचण्ड प्रधानमन्त्री भएपछि पनि देउवाले बालुवाटारस्थित प्रधनमन्त्रीको निवास छोड्न सकेका छैनन् । देउवाका सचिवालय एक सदस्यका अनुसार उनले सरकारी निवास बुधबार विहान छाड्दैछन् । ‘बुढानीलकण्ठको घर निर्माण सकिन ३/४ महिना नै लाग्छ । निजी निवासमा सर्न अहिले सम्भव छैन । अहिलेका लागि भाडाको घर खोजिएको हो’, उनले भने ।