ट्रेण्डिङ

होमपेज / राजनीति

बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस

नेपालगाथा २०७९ पौष १२ गते मंगलबार १४:१८:१२ मा प्रकाशित

काठमाडौं । प्रहरी प्रधान कार्यालय काठमाडौंले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरेको छ । 

प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न गृहमन्त्रालयसमक्ष सिफारिस गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआइजी) टेकप्रसाद राईले बताए ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै पक्राउ गरेको थियो।गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिई डीएसपीले आफै राखेको सूचना पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट अनुसन्धानका लागि टोली खटाइएको थियो ।

केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रूपैयाँ नगदसमेत बरामद गरिएको सीआईबी स्रोतले बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top