होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्त गर्ने भएका छन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई कानुनी सल्लाहकारका रूपमा सिफारिस गरेका बताइएको छ ।माओवादी केन्द्रनिकट मानिने वरिष्ठ अधिवक्ता पोखरेलको स्थायी घर प्युठान हो । उनी सर्वोच्च अदालतको न्यायाधीश हुने चर्चा थियो । संविधानको धारा १५७ (२) मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ ।