होमपेज / राजनीति
काठमाडौं । तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड शपथ लिन राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्।
प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।२०६५ र २०७३ सालमा प्रधानमन्त्री हुँदा सर्ट पाइन्ट, कोट, टोपी र टाई लगाएका प्रचण्डले योपटक दौरासुरुवाल लगाएका छन्। सोमबार नै उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिनेछन् ।
सपथलगत्तै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पद हस्तान्तरण गरेका छन् ।