ट्रेण्डिङ

होमपेज / राजनीति

रवि लामिछानेकाे उपप्रधान तथा गृहमन्त्रीमा दाबी

नेपालगाथा २०७९ पौष ११ गते सोमबार १४:४६:४३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीमा दाबी गरेका छन् ।

आज सत्ता गठबन्धनको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा सभापति लामिछानेले पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उपप्रधानसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको प्रतिक्रिया दिए।नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भने माओवादीले गृह र एमालेले अर्थ लिने समझदारी बनिसकेको छ । लामिछानेले बैठक प्रवेश गर्नुअघि मन्त्रालयको टुंगो नलागे पनि सरकारमा जाने टुंगो लागिसकेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top