होमपेज / राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री बनेका छन।
प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार प्रचण्डको शपथ सोमबार दिउँसो चार बजे राष्ट्रपति निवास शितल निवासमा हुनेछ।