होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने समर्थनको दाबी लिएर नेताहरू राष्ट्रपति निवास शीतल निवासतर्फ लागेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री बनाउन सबै दल सहमत भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए ।आज बालकोटमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टीलगायत दलहरूको बैठकले प्रधानमन्त्री प्रचण्डलाई बनाउने समझदारी गरेका थिए।
र्तमान सत्ता गठबन्धन भत्काएर प्रचण्ड अर्को गठबन्धन सरकारको नेतृत्वमा पुग्न लागेका हुन् ।