होमपेज / राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नेतृत्व विवादपछि छुट्टिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालकोटमा सौहार्दपूर्ण भेट भएको छ ।
सत्ता गठबन्धन तोडिएको निष्कर्ष निस्किएसँगै एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताबीच छलफल भएको हो।यी चार दलबीच सत्ता गठबन्धन बनेमा प्रधानमन्त्रीका लागि सहज बहुमत जुट्छ।
स्रोतका अनुसार आज ५ बजेभित्र एमाले, माओवादी र केही अन्य साना दलसहितको सरकारको नेतृत्वको लागि दाबी गर्ने तयारी गरेको छ । जसमा एमाले ७८, माओवादी केन्द्र ३२, रास्वपा २०, जसपा १२ र स्वतन्त्र २ सहितको १४४ सांसदको समर्थनमा माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्वमा दाबी गर्ने बताइएको छ ।
ओली निवास पुगेका दाहालले बालकोट पुगेर ओलीसँग हात मिलाएका थिए ।