होमपेज / राजनीति
काठमाडौं । मधेशी आयोगले प्रतिनिधिसभाका सदस्य चन्द्रकान्त (सिके) राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाई बिहीबार मधेशी आयाेगमा सूचीकृत नभएको ‘मधेशी भाषा’मा शपथ गराएको भन्दै संघीय संसद सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।
मधेशी भाषामा शपथ लिएपछि राउतविरूद्ध मधेशका विभिन्न ठाउँमा बिहीबार विरोधसमे प्रदर्शन भएको थियो।संघीय संसद सचिवालयले सांसदहरूले मातृभाषामा शपथ लिन पाउने व्यवस्था गरेको थियो। १४ मातृभाषामा २५ सांसदले शपथ लिएका थिए।
हालसम्म भाषा आयोग प्रकाशित गरिएको ‘सरकारी कामकाजका भाषा सम्बन्धी सिफारिसहरू ( २०७८ ’र मधेशी आयोगमा ‘मधेशी भाषा’ सुचिकृत नभएको देखिएकोले उक्त भाषामा प्रतिनिधि सभाका सदस्यहरुले औपचारिक कार्यक्रममा शपथ लिनु गम्भीरताको विषय भएको आयोगको भनाइ छ ।
‘कुन आधारमा मधेशी भाषामा शपथ लिन मान्यता दिइएको हो खुलाउन संघीय संसद सचिवालयलाई हामीले पत्र पठाएका छौं,’ अध्यक्ष डा. विजयकुमार दत्तले भने, ‘भाषा आयोगका प्रतिवेदन हामीले पढ्यौं। मधेशी भाषा कुन हो? कुनै प्रदेशमा पनि मधेशी भाषा छैन।’