ट्रेण्डिङ

होमपेज / राजनीति

‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने

नेपालगाथा २०७९ पौष ७ गते बिहीबार १६:२६:५० मा प्रकाशित

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने भएको छ।

पार्टी कार्यायल पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको हो । यसलाई बिहीबार नै बस्ने संसदीय दलको बैठकले चयन गर्ने छ । प्रमुख सचेतक भने हितराज पाण्डे बन्ने भएका छन् ।

दलको उपनेतामा भने उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले दाबी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top