होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बन्ने बताएका छन्।
प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण कार्यक्रमपछि संसद् भवन परिसरमा बोल्दै उनले भने, ‘सबै प्रक्रिया सहज ढंगले अघि बढेको छ। तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको छ। अब सरकार पनि त्यहीअनुसार बढेर काम गर्छ। गठबन्धनकै सरकार बन्छ। तर, नेतृत्वबारे छलफल गर्दै छौँ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन पुस १० गतेसम्मको समय दिएकी छन्।