ट्रेण्डिङ

होमपेज / राजनीति

नवनिर्वाचित सांसदले लिए शपथ,संसदमा नयाँ अनुहार

नेपालगाथा २०७९ पौष ७ गते बिहीबार १४:२०:५८ मा प्रकाशित

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।२७४ सांसदहरूलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । जबरा राप्रपा समानुपातिक सांसद हुन् ।

नवनिर्वाचित सांसदहरूको पहिलो दिन भएकाले आजको बैठकमा फरक दृष्य देखिएका छन् ।पहिलो पटककै प्रयासमा राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना सांसद बनेका छन् ।

नेकपा एसका सम्मानित नेताल झलनाथ खनाल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, माओवादीका महासचिव देव गुरुङलगायतका शीर्ष यो चुनावमा पराजित भए ।

जनमत पार्टीका अध्यक्ष सीके राउत पनि संसदमा नयाँ अनुहार हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top