होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रूपमा राप्रपा सांसद पशुपतिशमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् ।
राणाले बिहीबार प्रतिनिधिसभाका अरू नवनिर्वाचित सांसदलाई शपथ गराउने कार्यक्रम तय छ ।। निर्वाचन आयोगमा भरेको व्यक्तिगत फारममा महिन्द्रराय यादवको उमेर ८५ वर्ष उल्लेख थियो । तर, उनले आफ्नो नागरिकतामा उमेर धेरै भएको भन्दै शपथ नलिने जानकारी गराएपछि आयोगले संसद् सचिवालयलाई ८१ वर्षीय राणालाई ज्येष्ठ सदस्यको नाम पठाएको थियो ।