ट्रेण्डिङ

होमपेज / राजनीति

देउवालाई गगनको आह्वान :उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुस्

नेपालगाथा २०७९ पौष ५ गते मंगलबार १७:३६:१० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल नेताको चुनावमा मनोनयन दर्ता गरेका गगन थापाले आफ्ना प्रतिस्पर्धीका रुपमा रहेका शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ता लिन आह्वान गरेका छन् ।

मंगलबार संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले कांग्रेसको भविष्यका लागि उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय लिन सभापति देउवालाई आग्रह गरेका हुन् । 

 उनको प्रस्तावकमा डा. शेखर कोइराला छन् भने समर्थनमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल छन् ।

थापाले भने, ‘यो क्षणमा म विश्वास, अपेक्षा र अनुरोध गर्छु । देउवा, जसले भर्खरै उम्मेदवारी दर्ता गर्नुभयो, मेरो आग्रह छ कि दुई घन्टापछि शान्त चित्तले मनन गरेर उम्मेदवारी फिर्ता लिनुभयो भने कांग्रेसका लागि ऐतिहासिक हुन्छ र त्यसले पार्टीमा उत्साहको सञ्चार गर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top