ट्रेण्डिङ

होमपेज / राजनीति

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने

नेपालगाथा २०७९ पौष ५ गते मंगलबार १४:५२:४३ मा प्रकाशित

 काठमाडौं । कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।

 डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो ।अहिले गगनलाई संसदीय दलको नेतामा साथ दिने र आगामी १५औं महाधिवेशनमा सभापतिका लागि गगनले कोइरालालाई समर्थन गर्ने सहमति भएको सांसद सुनिल शर्माले जानकारी दिए ।

 संस्थापन पक्षबाट सभापति देउवा दलको नेताका लागि सर्वसम्मत उम्मेदवार हुन् । संसदीय दलको नेताका लागि आकांक्षा राखेका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र  डा. शशांक कोइराला पछि हटेपछि संस्थापन पक्षबाट देउवा सर्वसम्मत उम्मेदवार बनेका हुन् । 

थापाले निर्वाचन अगाडि नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top