ट्रेण्डिङ

होमपेज / राजनीति

विजय गच्छदारको भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी

नेपालगाथा २०७९ मंसिर २६ गते सोमबार १४:३३:०० मा प्रकाशित

काठमाडौं । बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा सारेको प्रकरणमा विशेष अदालतमा विजयकुमार गच्छदारविरुद्ध दायर भ्रष्टाचार मुद्दामा अहिले सुनुवाइ भइरहेको छ।

न्यायाधीशत्रय श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको हो । गच्छदार अदालत पुगेर तारिख बुझेर केहीबेरअघि फर्किएका छन् ।कांग्रेस नेता गञ्चछदार मन्त्री रहेको बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

मुद्दाका कारण गच्छदारको सांसद पद निलम्बनमा परेको थियो । योपटक सुनसरी ३ बाट उम्मेदवारी दिएका गच्छदार एमालेकी भगवती चौधरीसँग पराजित भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top