होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताएका छन् ।
सुनसरी क्षेत्र नम्बर ३ बाट पराजित भएपछि पत्रकार सम्मेलन गर्दै नेता गच्छदारले चुनावले राजनीतिक अस्थिरताको संकेत गरेको भन्दै उनले काग्रेस र नेकपा एमाले मिलेर देशलाई स्थिरता दिनुपर्ने बताए ।
उनले २०४७ सालको उत्कृष्ट संविधान भएर पनि राजनीतिक अस्थिरताले गर्दा असफल भएको भन्दै नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपर्ने आफ्नो चाहना रहेको बताए । आफूले चुनाव हारेकोबारे प्रसंग निकाल्दै गच्छदारले जसपा अध्यक्ष उपेन्द्र यादवले चार हजार मत सूर्यमा हाल्न लगाएको बताए । ‘म तीन हजार मतले पराजित भए । उपेन्द्रजीले चार हजार मत सिधै सूर्यमा हाल्न लगाउनु भयो । त्यही भएर म हारेँ,’ उनले भने, ‘जसपा र एमालेबीच चुनावी तालमेल थियो ।’