होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सम्पादन समितिको बैठक बोलाएको छ ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक बोलाइएको जानकारी दिए । बैठक शनिबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने छ । उनका अनुसार बैठकमा ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समीक्षा, सत्ता गठबन्धन र नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुनेछ ।