होमपेज / राजनीति
काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्ना दिएको छ ।
बैठक स्थलबाटै बारका पदाधिकारीले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेका थिए ।आफूहरुले पुरानौ आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको भन्दै उनीहरुले शान्तिपूर्ण धर्ना कार्यक्रममा हस्तक्षेप नगर्न आग्रहसमेत गरेका छन् ।
अहिले सर्वोच्च परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । कानुन व्यवसायीहरूले चोलेन्द्रलाई सर्वोच्चमा जान नदिने चेतावनी दिएका छन् । उता यही विषयमा निर्णय लिन सर्वोच्च फुलकोर्टको बैठक बसिरहेको छ ।