ट्रेण्डिङ

होमपेज / राजनीति

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निलम्बन कायम रहेकै अवस्थामा अनिवार्य अवकाश पाउने

नेपालगाथा २०७९ मंसिर २१ गते बुधबार १२:२७:५७ मा प्रकाशित

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निलम्बन कायम रहेकै अवस्थामा अनिवार्य अवकाश पाउने भएका छन् ।

 संसदका महासचिव डा. भरतराज गौतमले उनलाई महाअभियोग निष्क्रिय भएको पत्र दिएका छन् ।२०१४ मंसिर २८ गते जन्मेका जबराले झन्डै २६ वर्ष न्यायालयमा बिताएका छन्। अहिले जबरा प्रधानन्यायाधीश निवास बालुवाटारमै छन्। अवकाशसँगै सरकारी निवास छोडेर निजी निवास जानेछन्। महाभियोग पारित नभएमा उनले निवृत्तपछि सेवासुविधा भने पाउनेछन्।

अघिल्लो संसद्ले जबराविरुद्ध महाभियोगको प्रस्ताव अघि सारे पनि टुंगो लागिसकेको छैन ।अब मंसिर ४ गते सम्पन्न निर्वाचनबाट आउने प्रतिनिधिसभाको पहिलो बैठक बस्नुअघि नै जबराले अवकाश पाउने भएपछि उनीविरुद्धको महाभियोग प्रस्ताव के हुन्छ भन्नेमा अन्यौल भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top