ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री देउवा र शशांक कोइरालाबिच भेटवार्ता

नेपालगाथा २०७९ मंसिर २० गते मंगलबार १५:१०:१४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छैटौंपटक प्रधानमन्त्री बन्नका लागि पार्टीभित्रबाट पहल थालेका छन् ।

 प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासित पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले भेटवार्ता गरेका छन् । देउवालाई भेट्न शशांक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन् ।

देउवाले अहिलेसम्म दलको नेतामा औपचारिक दाबी नगरे पनि उनले शीर्ष नेताहरूसँग छलफल थालेका छन् । 

“मलाई संसदीय दलमा सहयोग गर्नुहोला,” शशांकनिकट स्रोतका अनुसार देउवाले भनेका थिए, “गठबन्धनलाई लिएर जान म नै प्रधानमन्त्री बन्नुपर्ने अवश्यकता छ ।”देउवाले भोट माग्दा शशांकले हाँसेर मात्र टारेका थिए । “फेरि भेटौँला, तपाईं भीडभाडमा हुनुहुँदो रहेछ,” शशांकले जवाफमा देउवालाई भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top