ट्रेण्डिङ

होमपेज / राजनीति

शिवजी गुरुङले भने:दीपक मनाङेबाट संगठन विस्तार गर्नुस्, हामी नेकपा एसबाट बाहिरिदिउँला

नेपालगाथा २०७९ मंसिर २० गते मंगलबार १३:१९:४२ मा प्रकाशित

काठमाडौं ।  मनाङबाट निर्विरोध निर्वाचित स्वतन्त्र प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको विषय यतिबेला चर्चामा छ । 

कीकृत समाजवादीका गण्डकी प्रदेश सदस्य तथा युवा नेता शिवजी गुरुङले दीपक मनाङेलाई पार्टी प्रवेश गराएकोमा असहमति जनाउँदै आफूहरु नेकपा एसबाट बाहिरिने चेतावनी दिएका छन् ।मनाङेलाई अध्यक्ष नेपालले स्वागत गरेको तस्वीर राख्दै कास्कीका नेता शिवजी गुरुङले फेसबुकमा व्याङ्ग्यात्मक शैलीमा असन्तुष्टि जनाएका छन् । उनले सोमबार साँझ लेखेका छन्, ‘हालै सम्पन्न निर्वाचनमा गण्डकी प्रदेशमा कुनै पनि क्षेत्रमा जित्न नसकेको र समानुपातिकतर्फ जम्मा ९५७३ ल्याएको नेकपा (एकीकृत समाजवादी)ले संगठन विस्तारको गज्जबको कार्यक्रम लिएर आएछ – मनाङेलाई पार्टीमा प्रवेश गराउने ।’

गुरुङ प्रतिनिधिसभामा कास्की २ बाट नेकपा एसको उम्मेदवार सिफारिस भएका थिए । तर, अन्तिममा अर्को क्षेत्रबाट श्रीनाथ बराललाई ल्याएर उम्मेदवार बनाइएको थियो । गठबन्धनका साझा उम्मेदवार बराल तेस्रो स्थानमा रहे ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top