होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ एक करोड मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म १ करोड ८ लाख २ हजार ९०७ मतगणना भएको छ ।
बुधबार बिहान ९ बजेसम्म प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अझै ४ क्षेत्रको मतपरिणाम आउन बाँकी छ। जसमध्ये ३ क्षेत्रको गणना हुन अझै सकेको छैन। गणना भइरहेको सुनसरी ४ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।
जसअनुसार एमाले पहिलो दल बन्ने निश्चित छ । एमालेले २६ लाख ९६ हजार ५७५ मत ल्याएको छ भने कांग्रेस २५ लाख ५३ हजार ९४ मतसहित पछ्याइरहेको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार ८९४ मतका साथ तेस्रो स्थानमा रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार २७५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार ६५४ मत पाएको छ।