होमपेज / राजनीति
काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको मतगणना अन्तिम चरणमा छ । तीन स्थानबाहेक मतगणना करिब सम्पन्न भइसकेको छ ।
समानुपातिकतर्फको बुधबार बिहान ७ बजेसम्मको मतगणनामा नेकपा एमालेको अग्रता कायम छ ।पछिल्लो विवरणअनुसार समानुपातिक गणनामा नेकपा एमाले नेपाली कांग्रेसभन्दा करिब डेढ लाख मतले अघि छ ।एमाले २६ लाख ९० हजार ७८० मतसहित अग्रस्थानमा रहँदा कांग्रेस २५ लाख ४३ हजार ६६६ मतले पछ्याइरहेको छ ।
तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र छ । माओवादी केन्द्रले ११ लाख ४३ हजार ५०३ मत पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत प्राप्त गरेको छ ।