ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी ह्वात्तै फुलेको बेलुन हाे:ओली

नेपालगाथा २०७९ मंसिर १३ गते मंगलबार १७:२३:१७ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको आकारप्रति आश्चर्य व्यक्त गरेका छन् ।

अमेरिकामा रहेको फ्रिडम पार्टी र त्यसको चुनाव चिह्न घण्टीकै झलक दिनेगरी लामिछानेले आफ्नो पार्टीको नाम राखेको भन्दै अध्यक्ष ओलीले आलोचना गरेका हुन् । 

‘संयोग नै होला अमेरिकामा एउटा फ्रिडम पार्टी छ । त्यसको चिह्न घण्टी छ र नेपालमा स्वतन्त्र पार्टीको चुनाव चिह्न कसरी उस्तै भयो ? दुरुस्त आकारको घण्टी अमेरिकामा पनि लिएर आएका छन्,’ ओलीले भने, ‘त्यो अस्तिसम्म स्वाप्पै थियो । अहिले कसरी हुम्प फुल्यो । केही त होला । हावा नहाली ह्वाप्प त्यो बेलुन कसरी फुल्यो । यो अचम्म भयो त ।’

ओलीले अर्काको नक्कल गर्ने, अरुको इतिहास पढने र सुन्ने यस खालको गतिविधिले नेपालको गर्व गर्न लायक इतिहासलाई बिर्साउने खतरा रहेकोसमेत बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top