ट्रेण्डिङ

होमपेज / राजनीति

परिणाम सुखद, तर अपेक्षाअनुसार आएन: प्रचण्ड

नेपालगाथा २०७९ मंसिर ९ गते शुक्रबार १४:१९:४६ मा प्रकाशित

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को निर्वाचनमा अपेक्षा अनुसारको नतिजा नआएको बताएका छन्। 

 गोरखा २ बाट निर्वाचित भएपछि आयोगबाट प्रमाणपत्र लिएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको बैठक बसेर छलफल गर्न तुरुन्त काठमाडौं जान लागेको बताए ।

‘यो निर्वाचनमा जे भए पनि परिणामत सुखद भएकै छ। सबै हाम्रा उम्मेदवारहरु विजयी हुनु भएको छ। त्यसकारण परिणाम सुखदै भन्ने छ,’ प्रचण्डले भने,‘तर हाम्रो अपेक्षाअनुसार जसरी परिणाम भन्ने थियो त्यस्तो अलि भएन भन्ने छ। नसोचेको, नसोचेको के–के कुरा भए भन्ने पनि छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top