होमपेज / राजनीति
काठमाडौं । कैलाली निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभातर्फ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी निर्वाचित भएकी छन् ।
कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित भएकी हुन् ।६४ हजार ९९९ मत गणना हुँदा रञ्जिताले ३० हजार ४०४ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चौधरीले १९ हजार ८१ मत प्राप्त गरे ।