ट्रेण्डिङ

होमपेज / राजनीति

बागलुङ क्षेत्र नम्बर–२ बाट देवेन्द्र पौडेल निर्वाचित

नेपालगाथा २०७९ मंसिर ७ गते बुधबार १६:५७:१० मा प्रकाशित

काठमाडौं । बागलुङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित हुनुभएको छ ।

नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेलाई चार हजार पाँच सय ९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यान निर्वाचित हुनुभएको हो । विसं २०७४ मा २८ हजार आठ सय २७ मत ल्याएर सांसद चुनिनुभएका पौडेलले यसपटक २४ हजार सात सय ७९ मत प्राप्त गर्नुभयोे ।

उहाँका प्रतिद्वन्द्वी एमालेका चालिसेले २० हजार एक सय ८० मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top