होमपेज / राजनीति
काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर ९ मा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् ।
एमालेको यो दोस्रो जित हो । यसअघि ललितपुर ३ बाट एमालेका प्रेमबहादुर महर्जन विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई ९९५ मतान्तरले पराजित गर्दै एमालेका श्रेष्ठले विजयी हाँसिल गरेका हुन् ।
कृष्णगोपाल श्रेष्ठले यसअघि पनि सोही क्षेत्रबाट चुनाव जितेका थिए ।