ट्रेण्डिङ

होमपेज / राजनीति

बागलुङमा पनि थालियो मतगणना

नेपालगाथा २०७९ मंसिर ५ गते सोमबार १७:०८:२५ मा प्रकाशित

काठमाडौं । बागलुङ निर्वाचन क्षेत्र नं १ र क्षेत्र नं २ को मतगणना सुरु भएको छ । आज दिउँसो साढे ४ बजेदेखि मत गन्न सुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला समन्वय समितिको भवन बागलुङमा क्षेत्र नं १ र निर्वाचन अधिकृतको कार्यालय ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा क्षेत्र नं २ को मतगणना भइरहेको छ ।

आइतबारको निर्वाचनमा बागलुङमा ५५ प्रतिशत मतदान भएको बताइएको छ । गत स्थानीय निर्वाचनमा ६९ प्रतिशत मतदान भएको थियो । जिल्लामा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा क्षेत्र रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top