ट्रेण्डिङ

होमपेज / राजनीति

पैसा बाँडेको पुष्टि भए एमाले उम्मेदवार निरौलालाइ कस्ताे कारबाही हुन्छ?

नेपालगाथा २०७९ मंसिर ३ गते शनिबार ०६:२०:४८ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका प्रदेशसभा सदस्य उम्मेदवार दिपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिका- ६ का वडाध्यक्ष रवि खड्का र नेकपा एमाले बुढानिलकण्ठ नगरका अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले पक्राउ गरेको हो ।शुक्रबार साँझ मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उमेदवार दीपक निरौलासहित तीनजनालाई पक्राउ गरेको थियो । 

काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिनिधिसभातर्फका उम्मेदवार छन् । यदि उम्मेदवार निरौलाले नगद बाँडेको पुष्टि भए निर्वाचन कसुर ऐन २०७३ अनुसार कारबाही हुने छ । उक्त ऐनको दफा २१ मा नगद वा जिन्सी दिन वा लिन नहुने  भनिएको छ ।

‘उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रुपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुन हुँदैन,’ ऐनमा भनिएको छ । उक्त  कार्य गर्ने व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top