ट्रेण्डिङ

होमपेज / राजनीति

राजिव गुरुङ (दीपक मनाङे) लाई २५ हजार रुपैयाँ जरिवाना

नेपालगाथा २०७९ मंसिर २ गते शुक्रबार १४:४६:०१ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले मनाङ ‘ख’ मा स्वतन्त्र उठेर निर्विरोध निर्वाचित भएका राजिव गुरुङ (दीपक मनाङे) लाई २५ हजार रुपैयाँ जरिवाना लगाएको छ ।

चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन पुग्दैन भनेर अभिव्यक्ति दिएपछि मनाङेलाई आयोगले जरिवाना तिराउने निर्णय गरेको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए ।

‘आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ । ३० लाखमा नेपालमा चुनाव जित्छ यार । मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ,’ मनाङेले भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top