ट्रेण्डिङ

होमपेज / राजनीति

माधव नेपालले भने:गफाडीको हातमा मुलुक सुम्पन हुन्न, डुब्छ

नेपालगाथा २०७९ मंसिर १ गते बिहीबार १९:२१:१६ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातमा मुलुक सुम्पिन नहुने बताएका छन्।

बिहीबार काठमाडौं क्षेत्र नम्बर २ मा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेपालले आफ्नो पार्टीलाई समेत मिलाएर लान नसक्नेले जनता र देशलाई अघि बढाउन नसक्ने बताए । 

‘जनताको घर-घरमा ग्यासको पाइप र रेल ल्याउँछु भनेर हावादारी कुरा गर्ने गफाडीहरू यो मुलुकको प्रधानमन्त्री बन्न पुगे। यो पटक पनि गफाडीको कम्पनीलाई मौका दिइयो भने मुलुक डुब्छ,’ अध्यक्ष नेपालले भने।

आगामी निर्वाचनमा गठबन्धनको जित सुनिश्चित रहेको र चुनावपछि गठबन्धनकै सरकार बन्ने उनको भनाइ छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top