ट्रेण्डिङ

होमपेज / राजनीति

नागरिकता सम्बन्धी विवाद ४ वर्षअघि नै समाधान भइसकेको छ:रवि लामिछाने

नेपालगाथा २०७९ कार्तिक ३० गते बुधबार ११:०२:२४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक एवं चितवन २ का उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । 

विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो। उनीविरूद्ध राजकुमार पाण्डेले उजुरी दिएका हुन्।लामिछानले आफ्नो नागरिकता सम्बन्धी विवाद ४ वर्षअघि नै समाधान भइसकेको दाबी गरेका छन् ।

आफूमाथि परेको उजुरीबारे स्पष्ट पार्न भन्दै सामाजिक सञ्जाल फेसबुकमा राखेको भिडियोमा उनले आफूले कागजी प्रक्रिया पूरा गरेर अमेरिकाको पासपोर्ट त्यागेको बताएका छन्।

आयोगको क्षेत्राधिकार आकर्षित नहुने भएकाले उजुरीमाथि आवश्यक कारबाहीका लागि मंगलबारै चितवन क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top