होमपेज / राजनीति
काठमाडौं । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित चुनापी सभा सम्बोधन गर्न आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सुनसरी आउन लागेका छन् ।
‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । एमाले र जसपाको सुनसरी–४ काे संयुक्त चुनावी सभा लौकहीमा आयाेजना हुँदैछ । उक्त सभालाई एमाले अध्यक्ष ओलीसहितका नेताहरूले सम्बाेधन गर्नेछन् ।
यसबीच अध्यक्ष दाहालले सत्ता गठबन्धनद्वारा खोटाङको दिक्तेलबजारमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।