ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि आक्रमण

नेपालगाथा २०७९ कार्तिक २७ गते आइतबार १६:३१:३६ मा प्रकाशित

काठमाडौं ।  चितवन २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि आइतबार आक्रमण भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी र्‍यालीबाट आक्रमण भएको सो पार्टीका नेता दीपक बोहराले बताए ।

रवि लामिछानेको प्रचारमा रहेको गाडी तोडफोड भएको छ। आक्रमणमा लामिछानेका दुई जना समर्थक घाइते भएको जनाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top