ट्रेण्डिङ

होमपेज / राजनीति

सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध एमालेको उजुरी,सरकारी स्रोतको दुरुपयोग र भोजभतेर गरेको आरोप

नेपालगाथा २०७९ कार्तिक २७ गते आइतबार १६:०८:०२ मा प्रकाशित

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले आचारसंहिता उलंघन गरेको भन्दै उजुरी परेको छ ।

सुनसरीको निर्वाचन क्षेत्र ४ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उमेदवारसमेत रहेका कार्कीले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै नेकपा (एमाले) निर्वाचन परिचालन कमिटीले उजुरी दिएको हो । 

एमालेको निर्वाचन परिचालन कमिटी क्षेत्र ४ का संयोजक सरोजकुमार पोख्रेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कार्कीविरुद्ध उजुरी दिएका हुन् । 

जुरीमा कार्कीले २०७९ कार्तिक १७ गतेदेखि दैनिक रूपमा सयौँ सुरक्षाकर्मीलाई साथमा राखेर वडा टोल तहमा मानिसहरूसँग भेट्न जाने ३० देखि ४० वटासम्म चार चक्के सवारी साधन र सयौँ मोटरसाइकलहरुको लावा लस्कर सहितको र्‍याली लैजाने गरेको उल्लेख छ । यस्तै उजुरीमा भोजभतेर गर्ने, आचारसंहिता विपरीत राष्ट्रिय झण्डाको प्रयोग गरेको उल्लेख छ ।

“मन्त्री कार्कीले स्थानीय तहमा निर्वाचित नगरपालिका र गाउपालिकाका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरूलाई चुनाव प्रचार र घरदैलोमा परिचालन गरी सवारीसाधनको समेत दुरूपयोग गर्दै सरकारी ढुकुटीबाट इन्धनलगायतका खर्चहरू गर्न लगाउने, नगरपालिका र गाउँपालिकाको रकममा गाउमा भोज भतेर गर्न लगाउने लगायतका निर्वाचन आचारसंहिता विपरितका कार्यहरू गर्दै आएको व्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत आम मतदाता, निर्वाचन आयोग, निर्वाचन अनुगमनका लागि खटिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरू, सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरूको ध्यानाकर्षण गराउन चाहन्छौँ,” पोख्रलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top