ट्रेण्डिङ

होमपेज / राजनीति

अध्यक्ष ओलीले भने:देउवा र दाहाल प्रतिगमनकारी हुन्

नेपालगाथा २०७९ कार्तिक २७ गते आइतबार १५:१८:३९ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले २८ वर्ष सरकारमा बस्दा एउटा कुनै काम गर्न नसकेको आरोप लगाएका छन्।

कालिकोटमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सकिन लागेको माओवादीलाई साथ लिएर हिँडे पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावको विषयमा गरेको प्रतिबद्धताअनुसार अघि नबढेका कारण प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन् ।

ओलीले तानाशाहविरुद्ध लड्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कपालमा जेल लगाएर आएको र आफूले १४ वर्ष जेलमा बसेको बताएका छन्।  उनले जहिले पनि मान्छे उचालेर सहिद बनाउने अनि नहेर्ने प्रवृत्ति माओवादीमा देखिएको आरोप लगाए।

प्रचण्डसँगै ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको पनि आलोचना गरेका छन्। उनले भने, ‘शेरबहादुर देउवाको त के कुरा। माघ १९ सबैलाई सम्झना होला। अहिले पनि उहाँले लोकतन्त्र कता लगेर बुझाउनुहुन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top